प्रचण्ड-माधव तीन बुँदे सहमति : साझा घोषणापत्र बनाउने, मिलेर उम्मेदवारी दिने – Nepal Press

प्रचण्ड-माधव तीन बुँदे सहमति : साझा घोषणापत्र बनाउने, मिलेर उम्मेदवारी दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच चुनावपछि पार्टी एकता गर्ने गरी तीन बुँदे समझदारी भएको छ ।

सोमवार हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा शीर्ष नेताबीच भएको वार्तामा महत्त्वपूर्ण सहमति भएको हो ।

नेकपा एसका उपाध्यक्ष प्रमेश हमालका अनुसार गठबन्धन कायम राख्दै सिट बाँडफाँटमा दुवै पार्टीको एउटै पहल गर्ने समझदारी भएको छ । आगामी चुनावमा उम्मेदवार उठाउँदा समेत मिलेर दिने सहमति भएको उनले बताए ।

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी समेत भएको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक,वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।

पार्टी एकता संयोजन समितिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहने तय भइसकेको छ । माओवादी केन्द्रबाट नाम टुंगो लाग्न बाँकी छ ।

नारायणकाजी श्रेष्ठको समेत सहभागिता रहेको छलफलमा गठबन्धन दलबीचको कार्यदलमा कांग्रेसले धेरै सिट दाबी गरेको कुरा उठेको थियो ।

तत्काल समाजवादी केन्द्रको अवधारणा अनुसार बाबुराम भट्टराई र बामदेव गौतम समेत जोडिएकाले बलियो शक्तिको अभ्यासमा लाग्न नेताहरू सहमत भएका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधव तीन बुँदे सहमति : साझा घोषणापत्र बनाउने, मिलेर उम्मेदवारी दिने

  1. भारतका दलालले अर्को नाटक गरे। सकिदै गएपछि अस्तित्व वचाउन सकिन्छ कि भनेर चटकेको अर्को चटक आयो। माकुनेले एमाले ताछ्न सकिन्छ कि भनेर खोजेको आफैं उताको टाङ लाग्यो। अव प्रचण्डको पाउ परेर एक दुई सिट जितिन्छ भन्ने ठानेको होला तिमीहरू दुवै दलाली गर्न काशी गए हुन्छ अब।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर