गठबन्धन बैठकअघि प्रचण्ड-माधव वार्ता, पार्टी एकता संयोजन समिति गठनबारे छलफल – Nepal Press

गठबन्धन बैठकअघि प्रचण्ड-माधव वार्ता, पार्टी एकता संयोजन समिति गठनबारे छलफल

काठमाडौं । सीट बाँडफाँटमा छलफल गर्न सत्ता गठबन्धनको शीर्ष बैठक बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको छ ।

ललितपुरको हात्तीवनस्थित प्रचण्डका भान्जा नेपाल ग्यासका मालिक गोकुल भण्डारीको निवासमा दुई पार्टीका शीर्ष नेताबीच छलफल भएको हो । छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने सहमति भइसकेको छ । नेकपा एसले संयोजन समितिमा माधव नेपाल र झलनाथ खनालको नाम सिफारिस गरिसकेको छ ।

सो संयोजन समितिमा बाबुराम भट्टराई र वामदेव गौतमलाई समेटेर लैजाने नीतिअनुरुप उनीहरु माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिँदैछन् । गठबन्धन बैठकअघि दुई दलले छलफल गरेर समान धारणा बनाउन खोजेको बताइएको छ ।


प्रतिक्रिया

One thought on “गठबन्धन बैठकअघि प्रचण्ड-माधव वार्ता, पार्टी एकता संयोजन समिति गठनबारे छलफल

  1. काँग्रेसलाई थर्काएर एक दुई सिट बढी झारौंला भन्ठानेका होलान । दलाल मगन्तेहरूको काँग्रेसले हैसियत जानिसक्यो। यिनलाई भित्तामा पुर्याउँछ काँग्रेसले अव।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर