उफ् ! कस्तो गर्मी (तस्बिरहरू) – Nepal Press

उफ् ! कस्तो गर्मी (तस्बिरहरू)

काठमाडौं । मध्य मनसुनको बेला केही दिनयता ह्वात्तै गर्मी बढेको छ । आज काठमाडौं उपत्यकाको तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ ।

उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सार्वजनिक रूपमा आग्रह गरेको छ ।

गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । चोक तथा सडकमा छहारी, फलफूल पसलमा सर्वसाधारणको भिड छ ।

देशका अधिकांश ठाउँमा केही दिनदेखि पानी परेको छैन ।

यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा खडेरीले बालीनाली सुक्न थालेका छन् । तराईमा पनि गर्मी बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *