अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वर प्लाजाको संरचना (तस्बिरहरू/भिडिओ) – Nepal Press

अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वर प्लाजाको संरचना (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन सुरू गरेको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको हो ।

पसल हटाउन मेयर बालेन्द्र साह बिहान बानेश्वर क्षेत्रमा आफैं पुगेका थिए । अहिले बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू हटाएर गाडी छिर्ने ठाउँ बनाउन गार्‍हो भत्काउन थालिएको छ ।

नगर प्रहरी र महानगरको टोलीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता संरचना भत्काएका छन् ।

साउन तेस्रो साता मेयर साहले अनुगमन गर्दै त्यस्ता पसल हटाउन निर्देशन दिएका थिए ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वर प्लाजाको संरचना (तस्बिरहरू/भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *