काठमाडौं नगर प्रहरी बलको नेतृत्व हेरफेर – Nepal Press

काठमाडौं नगर प्रहरी बलको नेतृत्व हेरफेर

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे आएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।

यसअघिका प्रहरी प्रमुख धनपति सापकोटालाई प्रशासनको जिम्मेवारी दिइएको छ ।

२०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे दुई वर्षअघि नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा बढुवा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर