खेल सुरू भएको ८ सेकेन्डमै गोल, मेस्सीको असिस्टमा एमबाप्पेले बनाए कीर्तिमान – Nepal Press

खेल सुरू भएको ८ सेकेन्डमै गोल, मेस्सीको असिस्टमा एमबाप्पेले बनाए कीर्तिमान

काठमाडौं । पेरिस स्टार स्टाइकर केलियन एमबाप्पे फ्रान्सको घरेलु लिग फुटबल लिग वानमा सबैभन्दा चाँडो गोल गर्ने खेलाडी बनेका छन् ।

एमबाप्पेले लिलेविरुद्ध आइतबार राति भएको खेलमा ८ सेकेन्डमै गोल गरेका थिए । लियोनल मेस्सीले मध्य भागबाट दिएको लंग पासमा एमबाप्पेले वन भर्सेस वनमा बल चिप गर्दै गोल गरेका थिए । यो खेलमा पीएसजी ७-१ गोलले विजयी भएको थियो ।

एमबाप्पेले ह्याटिक गरे भने नेमारले दुई गोल र तीन असिस्ट गरेका थिए । यस्तै मेस्सीले एक गोल र एक असिस्ट गरे । हाकिमीको नाममा पनि एक गोल रह्यो ।

पीएसजीले घरेलु लिगमा यो सिजन खेलेका सबै तीन खेल जित्दै त्यसमा १७ गोल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर