निसीखोलामा पुरुषको हत्याकाण्डमा उनकै श्रीमती र साली पक्राउ – Nepal Press

निसीखोलामा पुरुषको हत्याकाण्डमा उनकै श्रीमती र साली पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’ को हत्या अभियोगमा मृतककै पत्नी र सालीलाई पक्राउ गरेको छ ।

भदौ १ गते निसिखोला गाउँपालिका वडा नं. ४ कालीमाटीस्थित खोला किनारमा बिकको घाटी काटिएको अवस्थामा टाउको नभएको शव फेला परेको थियो ।

प्रहरीको अनुसन्धान अनुसार उनकी श्रीमती कुमारी कामीले दाउरा र घनले टाउको प्रहार गरी बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लाशलाई बगाईदिएको खुलेको हो ।

उनीहरुलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालत बागलुङबाट दिन ५ (पाच) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *