१०६ वटा औद्योगिक ग्राम राजपत्रमा प्रकाशित, कुन प्रदेशमा कति ? (सूचीसहित) – Nepal Press

१०६ वटा औद्योगिक ग्राम राजपत्रमा प्रकाशित, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले १०६ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विभिन्न समयमा घोषणा गरेका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामको सूची उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

जसमा २०७६ साल असोज ७ गतेदेखि २०७८ फागुन ५ गतेसम्म घोषणा गरिएका औद्योगिक ग्राम रहेका छन् । स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित २०७५ सालको बजेटमा यस्तो घोषणा गरिएको थियो ।

यस्ता घोषित औद्योगिक ग्रामलाई तीन तहको सरकारले लगानी गर्ने मोडालिटीको आयोजनामा संघीय सरकारले बढीमा ३ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । हालसम्म १ सय ४ वटा स्थानीय तहले औद्योगिक ग्राम बनाउने भन्दै रकम लिइसकेका भए पनि अहिलेसम्म कुनैपनि औद्योगिक ग्राम सम्पन्न गरेका छैनन् ।

हेर्नुस् सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर