आम निर्वाचन : मतपत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न राखिने – Nepal Press

आम निर्वाचन : मतपत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न राखिने

काठमाडौं । आगामी मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा राखिने भएको छ ।

आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जनाएको हो ।

आयोगले आउँदो निर्वाचनका लागि संघीयको १ सय ६५, प्रदेशतर्फ ३ सय ३०, ७ प्रदेशका लागि ७ र समानुपातिकका लागि एक गरी ५ सय ३ प्रकारका मतपत्र छपाइ हुने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार मतदान केन्द्रमा ४ वटा अलग अलग मतपत्र, मतसंकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने र निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदी बन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो र भद्दा भएको र बदरको संख्या पनि बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर