रामकुमारीको घोषणा- गुल्मी २ मा चुनाव लड्छु, एमालेको विरासत तोड्छु – Nepal Press

रामकुमारीको घोषणा- गुल्मी २ मा चुनाव लड्छु, एमालेको विरासत तोड्छु

गुल्मी २ मा एमालेको विरासत तोड्ने घोषणा गरेको आधा घण्टा नपुग्दै झाँक्रीको पोस्ट डिलिट

काठमाडौं । शहरी विकास मन्त्रीबाट बाहिरिएकी नेकपा एसको केन्द्रीय सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्टरसहितको घोषणा गर्दै उनले एमालेको विरासत तोडेर देखाउने बताएकी छन् ।

झाँक्रीको गृह जिल्ला गुल्मी भए पनि उनले राजनीतिको अधिकांश समय काठमाडौंमा बिताएकी छन् ।

उनलाई २०७० सालमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले गुल्मीको साबिक १ नम्बर क्षेत्रमा उम्मेदवार बन्न आग्रह गर्दा पैसा नभएको भन्दै अस्वीकार गरेकी थिइन् । यसबीचमा उनी समानुपातिक सूचीमा परेर सांसद भएकी छन् ।

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्टले २०५६ सालदेखि उम्मेदवार बनेर २०६४ बाहेक सबै निर्वाचन जितेका छन् ।

गठबन्धनबाट झाँक्रीले गुल्मी २ मा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

झाँक्रीले उक्त पोस्ट गरेको आधा घण्टा नपुग्दै डिलिट गरेकी छन् । जबकी त्यस अवधिमा १३ सय भन्दा बढीले कमेन्ट गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर