अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेल विश्व सद्भावना दूत नियुक्त – Nepal Press

अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेल विश्व सद्भावना दूत नियुक्त

काठमाडौं । अमेरिकन आइडलको उपविजेता गायक दिवेश पोखरेल (आर्थर गन)लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले उनलाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको छ । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशीको लागेको बताउँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा उनको प्रशंसा गरे ।

काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए । मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए ।

प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा पोखरेलले भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर