प्रदीप गिरीलाई श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगे देउवा र ओली (तस्बिरहरू) – Nepal Press

प्रदीप गिरीलाई श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगे देउवा र ओली (तस्बिरहरू)

काठमाडौं । कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाट पुगेका छन् ।

अन्त्येष्टिका लागि चितामाथि राखिएको गिरीको पार्थिव शरीरलाई फूल चढाएर उनीहरूले अन्तिम बिदाई गरे ।

शनिबार राति निधन भएका गिरीको अहिले पशुपति आर्यघाटनमा दाहसंस्कारको काम भइरहेको छ । गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका छन् ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको गएराति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *