जसपा नेपालको प्रवक्तामा मनिष सुमन – Nepal Press

जसपा नेपालको प्रवक्तामा मनिष सुमन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिषकुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।

जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार अध्यक्ष उपेन्द्र यादवले उक्त जिम्मेवारी दिएका हुन् ।

मनिष सप्तरीको प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसदसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर