नेकपा एसको काठमाडौं जिल्ला अध्यक्षमा श्रेष्ठ र सचिवमा न्यौपाने चयन – Nepal Press

नेकपा एसको काठमाडौं जिल्ला अध्यक्षमा श्रेष्ठ र सचिवमा न्यौपाने चयन

काठमाडौं। नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला नेतृत्व परिवर्तन भएको छ । जिल्ला अध्यक्ष कुसुम कार्की केन्द्रीय सदस्य मनोनित भएपछि नेतृत्व परिवर्तन भएको हो ।

शनिबार बसेको जिल्ला कमिटी बैठकले काठमाडौं जिल्ला अध्यक्षमा एलपी श्रेष्ठलाई चयन गरेको छ । उनी शंखरापुर नगरपालिकाको मेयरमा गठबन्धनबाट उठेर पराजित भएका थिए ।

त्यस्तै श्रेष्ठ अध्यक्ष भएपछि रिक्त रहेको सचिव पदमा धुर्बराज न्यौपाने चयन भएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका युवा नेता न्यौपाने यसअघि उपसचिव थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर