तीनकुनेमा खुल्यो ब्यन्जन हाउस– खानाका पारखीलाई एकै ठाउँमा सबै स्वाद र परिकार – Nepal Press

तीनकुनेमा खुल्यो ब्यन्जन हाउस– खानाका पारखीलाई एकै ठाउँमा सबै स्वाद र परिकार

काठमाडौं । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको तीनकुनेमा ब्यजन हाउस सञ्चालनमा आएको छ । प्रहरी चौकी अगाडिको मीनभवन तीनकुने जोड्ने पुल कट्ने वित्तिकै देब्रतर्फ लागेपछि खोलाको किनारामा ब्यन्जन हाउस शुरु भएको हो ।

युवा व्यवसायी लक्ष्मण खड्कासहितको लगानीमा संचालनमा आएको ब्यन्जन हाउसको शनिबार नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । महासंघका कार्यकारिणी सदस्य डिबी बस्नेत लगायत उद्घाटनमा सहभागी थिए ।

ब्यन्जन हाउसले थकाली खानादेखि, सेकुवा, बर्गर पिज्जालगायत सबै प्रकारका खानाहरुको एकै ठाउँबाट सेवा प्रदान गर्ने खड्काले बताए । त्यसका लागि तीन जना अलग अलग विधाका सेफ ब्यन्जन हाउसले राखेको छ ।

पार्किङसहितको राम्रो सुविधा भएकाले क्याफे, रेस्टुरेन्ट तथा ३ सय जनासम्मको पार्टी हाउसको लागि ब्यन्जन हाउस उपयुक्त रहेको उनको भनाइ छ । खड्काका अनुसार साथै ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन् । विशेषगरि शुक्रबार र शनिबार बेलुकी लाईभ म्युजिकको पनि सुविधा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *