कोरोनाबाट थप दुईको मृत्यु, ५७७ जना निको – Nepal Press

कोरोनाबाट थप दुईको मृत्यु, ५७७ जना निको

काठमाडौं । नेपालमा कोरोनाका कारण गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।

यस अवधिमा ५७७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६२५ रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *