उपसभामुख पुष्पा भुसाललाई मातृशोक – Nepal Press

उपसभामुख पुष्पा भुसाललाई मातृशोक

काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन्।

उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर