बामपन्थी शक्तिहरुसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्छ: टोपबहादुर रायमाझी – Nepal Press

बामपन्थी शक्तिहरुसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्छ: टोपबहादुर रायमाझी

चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बामपन्थी शक्तिहरुसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बामपन्थी शक्तिसँग सहकार्यको सम्भावना रहेको बताएका हुन् ।

विचार बिनाको एकताको काम छैन । उनले भने विचार मिल्ने बामपन्थी लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्छ । उनले अस्तित्व संकट टार्न अपवित्र अराजनीतिक गठबन्धन जारी रहेको बताए ।

माओवादी अध्यक्षले काङ्ग्रेसँग धेरै सिट माग्न समाजवादी केन्द्रको बहस सुरु गरेको समेत उनले टिप्पणी गरे । ‘कहिले एमाले कहिले समाजवादी केन्द्रको बहस आइरहेको छ’ उनले भने, ‘कांग्रेससँग धेरै सिट माग्न प्रचण्डको कार्ड मात्र हो । अहिले त्यो सम्भव छैन ।’

समाजवादको बाटो जान माओवादी केन्द्रले गलत बाटो रोजेको समेत उनकाे आराेप छ । ‘नेपाली कांग्रेसले बोकेको विचार पूँजीवादी हो । समाजवाद होइन । पूँजीवादी विचार बोकेर समाजवादमा पुग्न सकिदैन । उनले भने, ‘काशी जाने कुतिकाे बाटो भने जस्तै उहाहरु गलत बाटोमा हुनुहुन्छ ।’

एमाले सरकार ढलाउन हस्तान्तरण गर्नेहरूलाइ उनले गद्दारको संज्ञा दिए । ‘आफ्नो पार्टीको अध्यक्षलाई ध्वस्त पारेर बिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने त्यस्ता सांसद त्यस्ता नेताहरू के भन्नुहुन्छ’ उनले भने, ‘ यो गल्ती होइन गद्दारी हो ’

आगामी संसदीय निर्वाचनमा वर्तमान गठबन्धनले जिते देश २५ वर्ष पछाडि धकेलिने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर