पूरा भयाे रचनाकाे सपना, आफैले बनाएकाे घरमा बुबाआमालाई राखिन् – Nepal Press

पूरा भयाे रचनाकाे सपना, आफैले बनाएकाे घरमा बुबाआमालाई राखिन्

काठमाडौं । गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ । झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य पुरा भएको हो ।

पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् ।

उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर राख्दै आफनो सानैदेखिको सपना पुरा भएको भन्दै खुसी साटेकी छन् । सानैदेखि बुबाआमालाई एउटा घर बनाएर राख्ने सपना पुरा गर्दै उनले नयाँ बनेको घरमा बुबाआमालाई राखेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् ,’सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ । चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु। सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर