६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद – Nepal Press

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।

नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।

यस्तै उनले प्रयोग गर्दै आएको बा १ झ ९९४६ नम्बरको गाडीबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।


प्रतिक्रिया

One thought on “६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *