पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने – Nepal Press

पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले भारतमा आयोजना हुने लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।
आगामी सेप्टेम्बर अक्टोबरमा हुने लिगका लागि सार्वजानिक पोष्टरमा लेजेन्ड्स लिग क्रिकेटले पारसको नाम पनि सर्वजानिक गरेको हो । उक्त पोष्टरमा पारस लगायत विश्वभरका सात खेलडीले लेजेन्ड्स लिग खेल्ने उल्लेख गरिएको छ ।

विश्वभरका चर्चित पूर्व खेलाडीहरू सम्मेलित हुने यस प्रतियोगिताको पहिलो संस्करण ओमानमा आयेजना भएको थियो । वल्ड जायन्ट, एसिया लियोन्स र इन्डिया माहाराजा गरि तीन टिमले प्रतिस्पर्धा गरेका थिए ।

जसको उपाधि वल्ड जायन्ट्सले जितेको थियो भने एसिया लियोन्स दोस्रो भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर