पहिलो लिम्पिया फूड फेस्टिवल हुँदै – Nepal Press

पहिलो लिम्पिया फूड फेस्टिवल हुँदै

काठमाडौं । लिम्पिया नेशनल कलेजको आयोजनामा पहिलो लिम्पिया फूड फेस्टिवल हुने भएको छ ।

श्रावण १३ गते हुने उक्त फेस्टिभल मुख्यतः परोपकारी भावनाका साथ सामाजिक उत्तरदायित्वलाई जोड्ने गरी फेस्टवलको आयोजना हुन लागेको कलेजले जनाएको छ ।

फेस्टिवलमा कलेजले सम्पूर्ण विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई सहित उपस्थित अन्य व्यक्तिहरूको समेत निःशुल्क आँखा जाँच शिविर समेत सञ्चालन हुने छ ।

उक्त फेस्टिवलकै अवसरमा कलेजले आफ्नो अत्याधुनिक सेवा सहितको होटेल म्यानेजमेन्ट ल्याब समेत उद्घाटन गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *