डुबेर झापा र मोरङमा ३ जनाको मृत्यु – Nepal Press

डुबेर झापा र मोरङमा ३ जनाको मृत्यु

विराटनगर । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर तीजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजेबाट हराएका झापा कमल गाउँपालिका-४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा भेटिएका थिए । त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथान बस्ने दीलिप सुतियारका ३ वर्षीय छोरा राहुल सुतियार शनिबार बेलुका ५ बजे घरबाट हराएकोमा आफन्तहरूले घरनजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटेका थिए । उद्धार गरी रंगेली अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको छ ।

उता झापाको मेचीनगर नगरपालिका-१२ धाईजन का ७३ वर्षीय डम्बरबहादुर गुरुङ शनिबार बिहान ९ बजे घरनजिकै खेतमा लडी टाउको हिलोमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर