प्रक्रियाविना नागरिकता विधेयक पास गर्नु आपत्तिजनक, राष्ट्रियसभाले फिर्ता गरोस्: लिलामणि पौडेल – Nepal Press

प्रक्रियाविना नागरिकता विधेयक पास गर्नु आपत्तिजनक, राष्ट्रियसभाले फिर्ता गरोस्: लिलामणि पौडेल

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणी पोखरेलले प्रतिनिधिसभाले उचित प्रक्रियाबिना नागरिकता विधयेक पारित गरेकोमा आपत्ति जनाएका छन् । यो विधेयक राष्ट्रिय सभाले फिर्ता गर्न उनको आह्वान छ ।

गत शुक्रबार प्रतिनिधिसभाले फास्ट ट्र्याकबाट नागरिकता विधयेक पारित गरेको थियो । खुकुलो प्रावधानसहितको विधयेकको चौतर्फी विरोध भइरहँदा सत्तारुढ दल माओवादीसँग निकट रहेका पूर्वमुख्य सचिवले मुख खोलेका हुन् । नागरिकताजस्तो संवेदनशील विधेयकलाई ‘हुन्छ’ हुँदैन भन्दै पारित गर्नु आपत्तिजनक रहेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा पौडेल लेख्छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकताजस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ ‘हुन्छ हुँदैन’ भन्दै पास गर्नु आपत्तिजनक छ ।’

दलहरुको विकल्प भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरुले नागरिकताजस्तो राष्ट्रको सर्वोपरी चासोको विषयमा आफ्नो धारणा सार्वजनिक नगरेकोमा पौडेलले गुनासो गरेका छन् ।

‘यस विषयमा उनीहरुले सडकमा आवाज उठाउँदैनन् भने उनीहरु सदनमा जानुको औचित्य पुष्टि हुँदैन । विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस ।’ पौडेलले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर