सिरहा उद्योग बाणिज्य संघमा अमरनाथ साहको प्यानलै निर्वाचित – Nepal Press

सिरहा उद्योग बाणिज्य संघमा अमरनाथ साहको प्यानलै निर्वाचित

जनकपुरधाम । सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको पुरा प्यानल नै निर्वाचित भएको छ । शनिवार राति सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा साह ५३ मतले निर्वाचित भएका हुन् । साहले ५४१ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी महेन्द्र प्रसाद यादवले ४८८ मत पाएका छन् ।

प्रथम उपाध्यक्षमा प्रकाश कुमार जैन ५५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी लालबाबु साहले ४९१ मत प्राप्त गरे । यस्तै द्धितिय उपाध्यक्षमा मो। सेख ईमराइनले ५३६ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नागेश्वर साह ५ सय मत पाए ।

महासचिवमा सत्यनारायण महतो ५४५ मत पाएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी सरोज कुमार महतो ५०४ मत ल्याए । सचिवमा श्रवण यादवले ५७९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी ब्रह्मदेव साह मात्र ४७९ मत पाए । यस्तै कोषाध्यक्षमा मिथिलेश यादव ५६६ मत ल्याएर विजयी भए र उनका निकटम प्रतिस्पर्धी मुरलीकान्त सिंह ४९६ मत पाए ।

सदस्यहरूमा सोनु कुमार महरा ९५७२०, निराजन कुमार यादव ९५६६०, विजय कुमार साह ९५६६०, राजेश कुमार महासेठ ९५६४०, शितल प्रसाद यादव ९५६३०, राकेश कुमार यादव ९५६३०, गंगाराम यादव ९५५७०, हरेराम कामती ९५४५० र महिला सदस्यमा सलिता कुमारी यादव ९५६६० विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र सिंहले जानकारी दिए ।

निर्वाचित साहको प्यानललाई सिरहाका मेयर एवं नेकपा एमालेका नेता डा। नविन यादवको समर्थन रहेको थियो । पराजित व्यहोरेका यादव प्यानललाई नेपाली काँग्रेसकी पूर्व कोषाध्यक्ष सितादेवी यादव र नेकपा एकिकृत समाजवादीका मधेस प्रदेशका प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवको समर्थन थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर