एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कारका लागि आवेदन खुला – Nepal Press

एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कारका लागि आवेदन खुला

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कारका लागि आवेदन खुलेको छ ।

आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कारका लागि आवेदन खुला गरेको हो ।

‘शारदा-ढुण्डीराज –नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का लागि नाफिज सदस्यहरुले साउन मसान्तसम्म भित्र आफू कार्यरत संस्थामा प्रकाशन तथा प्रशारण गरिएका खोज मुलक समाचार सामग्री पेश गर्नुपर्नेछ ।

२०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्म प्रकाशन तथा प्रशारण गरिएका बाइलाइनसहितको खोजमुलक सामग्र पेश गर्न नाफिज सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

सर्वाधिक राशीको यो आर्थिक पत्रकारिता पुरस्कार नाफिजको वार्षिकोत्सवका अवसरमा प्रदान गरिनेछ ।

नाफिज सदस्यहरुबाट प्राप्त आवेदनहरुमध्येबाट उत्कृष्ठ समाचार छनौट गरिनेछ । नाफिजले छनौट समिति समेत गठन गरिसकेको छ ।

पुरस्कारका लागि बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नाफिजलाई १० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

भट्टराईले आफ्ना माता पिताको सम्मानमा पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।

प्राप्त रकमलाई अक्षय कोषका रुपमा बैंकमा जम्मा गरिएको छ । सोही रकमको ब्याजबाट नाफिजले हरेक वर्ष एक जनालाई एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर