श्रीलंकामा आधी रातमा प्रदर्शनकारीमाथि दमन, दुई पत्रकारसहित ९ जना पक्राउ – Nepal Press

श्रीलंकामा आधी रातमा प्रदर्शनकारीमाथि दमन, दुई पत्रकारसहित ९ जना पक्राउ

काठमाडौं । श्रीलंकाको सेनाले शुक्रबार राति संसद भवन अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुको टेन्ट हटाउन बल प्रयोग गर्दा दुई समूहबीच झडप भएको छ । उक्त झडपपछि केही प्रदर्शनकारीहरु घाइते भएका छन् । दुई जना पत्रकारसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार सरकारविरोधी प्रदर्शनकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । उक्त चेतावनीको केही घण्टापछि श्रीलंकामा प्रदर्शनकारीमाथि दमन बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोटाबायाको राजीनामापछि निर्वाचित राष्ट्रपति विक्रमासिङ्घे नेतृत्वको सरकारको पनि हाल श्रीलंकामा चर्को आलोचना भइरहेको छ । प्रदर्शनकारीहरूले विक्रमासिंघे वास्तवमा राजापाक्षे परिवारका व्यक्ति भएको र उनले राजापाक्षे परिवारले चाहे जस्तो कदममात्र चाल्ने आरोप लगाउँदै आएका छन् ।

शुक्रबार राति घटनापश्चात अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरुले श्रीलंकाली सेनाले मानव अधिकार हनन गरेको आरोप लगाएका छन् । रातको समयमा मिडिया कभरेज कम हुने भएकाले योजनाबद्ध प्रदर्शनकारीमाथि दमन गरिएको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर