‘विवादास्पद’ नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित – Nepal Press

‘विवादास्पद’ नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । सरकारले संसदमा पेश गरेको विवादास्पद नागरिकता विधेयक बहुमतबाट पारित भएको छ । आज अबेरसम्म बसेको प्रतिनिधिसभा वैठकले विधयेक पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता पहिलो संसोधन विधयेक २०७९ पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । ध्वनिमतका आधारमा सभामुख अग्नी सापकोटाले उक्त प्रस्ताव पारित भएको घोषणा गरे ।

पारित विधेयकमा पहिलोपटक गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । उनीहरुले राजनीतिक अधिकारबाहेक आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्नेगरी नागरिकता प्राप्त गर्ने भएका छन् ।

यसैगरी, जन्मका आधारमा नेपालको नागरिकता लिएका विदेशी नागरिकका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने यस ऐनले सुनिश्चित गरेको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि नेपाली नागरिकता प्राप्त गर्ने भन्नेबारे चाहिँ नागरिकतामा केही उल्लेख गरिएको छैन ।

प्रमुख प्रतिपक्षी दल एमालेका संसदहरुले नागरिकता ऐन अत्यधिक खुकुलो भएको र लाखौंको संख्यामा विदेशीहरुले नेपाली नागरिकता लिन ढोका खोल्ने भन्दै विरोध जनाएका थिए । केही संसदहरुले यो ऐनलाई ‘राष्ट्रघाति’ संज्ञा दिएका छन् ।

 


प्रतिक्रिया

2 thoughts on “‘विवादास्पद’ नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

  1. कुनै गहन अध्ययन र व्यापक सहमतिबिना पश्चिमा शक्ति र भारत लाई खुसी पार्ने नागरिक बिधेयक ल्याए ! अहिले पास गरे !

  2. नेपालकी छोरीले भारतमा विहे गरेर जाँदा 7 वर्ष कुरेपछिमात्र नागरिकता पाउने कुरामा चासो छैन। उताबाट आउनेलाई भोलिपल्टै नागरिकता दिनुपर्ने। प्रचण्ड भारत गएकै यसैको लागि हो। गठबन्धन बनेकै देश बेच्न हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर