इङल्यान्डकी डिफेन्डर लुसी ब्रोन्जले आफैँलाई लेखेको त्यो भावुक पत्र… – Nepal Press

इङल्यान्डकी डिफेन्डर लुसी ब्रोन्जले आफैँलाई लेखेको त्यो भावुक पत्र…

काठमाडौं । वुधबार राती स्पेनलाई १–० गोलको नतिजामा पराजित गर्दै आयोजक इङल्यान्ड महिला युरो–२०२२ को सेमिफाइनल पुगेको छ ।

सेमिफाइनल अघि इङल्यान्डकी डिफेन्डर लुसि ब्रोन्जले आफ्नै लागि प्रेरणदायी पत्र लेखेकी छन् । जुन पत्रमा उनले जस्तो परिस्थिति आए पनि हार मान्नु हुँदैन भन्ने सन्देश दिएकी छन् ।

उनी लेख्छिन्:

प्रिय लुसी, अहिले म तिमीसँग कुरा गरिरहेकी छु । तिमी आठ वर्षकी छौ । अहिले तिमीसँगै परिवारको साथ पाउँदा कति भाग्यमानी छौँ यो कुरा अहिले तिमीले बुझ्दिनौ ।

यो यस्तो कुरा हो जुन तिमीले ठूली हुन्जेलसम्म पनि महसुस गर्ने छैनौ । अरुले पाएको दुख त महसुस गर्नेछौं । तर तिम्रो परिवार सबैभन्दा राम्रो हो ।

तिमीले देखेको कुनैपनि सपना तिम्रो आमा बुबाले साकार पार्न सक्दो मेहनत गर्नुहुनेछ । तिम्रो दाईले तिमीलाई चुनौती दिएर, लडाइँ गरेर र तिमीलाई कहिल्यै जित्न नदिई धेरै हाँस्यास्पद तरिकाले तिम्रो समर्थन गर्नेछ ।

तिमी अब १२ वर्षकी भयौ तिमीले महिला फुटबल वास्तवमा कस्तो हुन्छ भन्ने कुराको पहिलो स्वाद पाउनेछौ । अब तिमीले यस्ता सुपरस्टारहरु देख्नेछौ जो अहिले तिम्रो लागि ‘आइडल’ छन् । तिमीले उनीहरु कति सफल भएका छन् र कसरी उनीहरुले तिमी जस्तै केटीहरुलाई प्रेरित गर्छन त्यो देख्नेछौ । पहिलो पटक तिमीले म पनि ‘सुपरस्टार’ हुन सक्ने रहेछु भनेर महसुस गर्नेछौ । आफूमाथि कहिले शंका नगर्नु । तिमी पछि उनीहरु जस्तै कसैका लागि ‘रोल मोडल’ बन्नेछौ ।

तिमी अब २० वर्षकी भयौ । तिमीले लिभरपुलमा आफ्नो पहिलो व्यवसायिक फुटबल करिअरको सुरुवात गर्न सम्झौतामा हस्ताक्षर गरेकी छौ । त्यहाँ तिमीलाई कसैले समर्थन गर्नेछैन । सबैले भन्दा बढी तिमी आफूले आफैलाई समर्थन गर्नुपर्नेछ ।
तिमीलाई खेल्ने क्रममा गम्भीर चोट लाग्छ । मान्छेहरुले तिमीलाई फेरि मन पराउने छैनन् । किनकी तिमीले राम्रो गर्न सकेकी छैनौ । परिवार बाहेक तिमीलाई माया गर्ने र साथ दिने कोही छैन ।

तिम्रो चोटको गलत रिहाब हुन्छ तिमी फेरि चोट ग्रस्त हुन्छौं । तिमीले यो समय केही पनि सही भइरहेको छैन भन्ने सोच्छौ । त्यहाँ कतिपय रात तिमीले एक्लै रोएर कटाउनेछौं । तर यति बुझ यस्ता अप्ठ्यारा दिनहरुले तिमीलाई अझ राम्रो गर्न प्रेरणा दिन्छ ।

सन् २०१५ मा तिमी तिम्रो खेल जीवनको दोस्रो महत्वपूर्ण प्रतियोगिताका लागि क्यानाडा जान्छौ । प्रशिक्षकले तिमीलाई प्रतियोगिता अघि तिमी खेल्नेछौ तयारी अवस्थामा बस भनेर भन्नेछन् ।

त्यसपछि पहिलो नकआउट खेल आउनेछ । तिमी प्रशिक्षक एलेक्स स्कटको प्लेइङ सेटमा पर्नछौं । तिमीले इङल्यान्डलाई विश्वकप क्वार्टरफाइनल पुर्याउन गरेको निर्णायक गोलले गर्दा सबैले तिमीलाई चिन्नेछन् । यो क्षणले तिम्रो जिवन सँधैका लागि परिवर्तन गरिदिनेछ ।

हामी अहिले यस्तो स्थानमा छौँ । टिमको रुपमा हामीले धेरै रेकर्डहरु तोडेका छौँ ।

तिमीले आफ्नो ताकत के हो भनेर पत्ता लगायौ । अहिले घरेलु मैदानमा आयोजना भएको यूरोको हिस्सा छौं । जो हरकोहीले पाउने अवसर भन्दा फरक छ ।

अर्को कुरा हामीले राम्रो गरेर युरो कपमा फाइनलसम्मको यात्रा तय गर्नुपर्नेछ । तर, त्यो सम्भव हुन्छ या हुँदैन थाहा छैन । तिमीलाई भविष्यमा के हुनेछ, र पहिला हासिल गरिसकेको कुरामा तिमी खुशी भइरहन सक्दिनौ त्यसैले अझै धेरै कुरा हासिल गर अघि बढ…।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर