नेपाल-भारत सम्बन्धले नयाँ उचाइ लिनेमा नवनिर्वाचित राष्ट्रपति मुर्मू विश्वस्त – Nepal Press

नेपाल-भारत सम्बन्धले नयाँ उचाइ लिनेमा नवनिर्वाचित राष्ट्रपति मुर्मू विश्वस्त

काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्धले नयाँ उचाइ लिनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको बधाई सन्देशलाई ट्वीटमार्फत प्रतिकृया दिँदै राष्टपति मुर्मूले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

‘नेपाल र भारतबीचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु’, उनले लेखेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो ट्वीटरमार्फत भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई व्यक्त गर्दै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा थप उचाइमा पुग्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए ।

द्रौपदी मुर्मू हिजो मात्रै भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर