मौद्रिक नीति : कर्जा विस्तारमा कडाइ गरिँदै – Nepal Press

मौद्रिक नीति : कर्जा विस्तारमा कडाइ गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

राष्ट्र बैंकले बैंक तथ वित्तीय संस्थाले ऋण प्रवाह गर्दा थप पुँजी नजुटाइ ऋण प्रवाह गर्न नपाउने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न लागेको छ । जथाभावी कर्जा विस्तार रोक्न काउन्टर साइक्लिङ बफर लागू गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बैंकहरूले निक्षेप संकलन र कर्जा विस्तारमा तालमेल नमिलाउँदा बैंकहरू मागेको बेला ऋण दिन नसक्ने अवस्थामा पुग्ने गरेका छन् ।

राष्ट्र बैंकले २०७६ सालमा स्थगन गरेको काउन्टर साइक्लिङ बफरलाई कार्यान्वयन गर्ने तयारी गरेको स्रोतले बतायो । तीनवर्ष अगाडि राष्ट्र बैंकले २ प्रतिशतले काउन्टर साइक्लिकङ बफर राख्नुपर्ने व्यवस्था गरेको थियो ।

सम्भवत: राष्ट्र बैंकले यसलाई नै ब्युताउँनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर