सरकारका प्रवक्ता भन्छन्- नेपाल श्रीलंकापथमा जाँदैन – Nepal Press

सरकारका प्रवक्ता भन्छन्- नेपाल श्रीलंकापथमा जाँदैन

हेटौँडा । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकापथमा नजाने बताएका छ्न् ।

हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको गुनासो गरे । उनले त्यो भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्नेमा जोड दिए ।

सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको उनको भनाइ थियो । ‘पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार छ’, मन्त्री कार्कीले आश्वस्त पारे ।

नेपाल आगामी १० वर्षभित्र एसियाकै सबल अर्थतन्त्र भएको मुलुक हुने उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर