खोलाले बगाउँदै गरेको पुरुषको सकुशल उद्धार – Nepal Press

खोलाले बगाउँदै गरेको पुरुषको सकुशल उद्धार

पर्सा । सशस्त्र प्रहरीले पर्साको ठोरी गाँउपालिका-२ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाएर ल्याएको एक जनाको सकुशल उद्धार गरेको छ ।

बिहीबार ढेडु खोलाले ३५ वर्षीयएक पुरुषलाई बगाएर ल्याउँदै गरेको अवस्थामा सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरीले उद्धार गरेको पुरुषको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य
चौकी ठोरीमा बुझाएको छ ।

उनको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागितत्कालै टोलीले खटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर