सर्वोत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई मनास्लु वर्ल्ड कलेजको सम्मान – Nepal Press

सर्वोत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई मनास्लु वर्ल्ड कलेजको सम्मान

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षामा सर्वोत्कृष्ट अकं ल्याई उत्तीर्ण भएका कक्षा ११ का विभिन्न संकायका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी कलेजले सम्मान गरेको हो ।

कक्षा ११ व्यवस्थापन संकायका फारिन बानु सर्वोकृष्ट अकं ल्याएर कलेज टपर हुन सफल भएकी छन् । त्यसैगरी, यसै संकायका आकृति खापुङ लिम्बु द्वित्तीय र विज्ञान संकायका निकेश कपाली कलेज तृतीय भएका छन् ।

उत्कृष्ट अकं ल्याएर कलेज टप गरेका विद्यार्थीहरुलाई यसै कलेजका अध्यक्ष गेन्द्र लामा तथा प्रिन्सिपल राजन श्रेष्ठले अवार्ड तथा ट्रफि वितरण गरेका छन् ।

कलेज टप गरेकी फारिन बानुले नगद पुरस्कार र सत प्रतिशत छात्रवृत्ति गरी जम्मा रु १ लाख बराबरको पुरस्कार पनि प्राप्त गरेकी छन् भने अन्य टपरर्स विद्यार्थीहरुलाई पनि कलेजले छात्रवृत्ति प्रदान गरेको छ ।

मनास्लु वर्ल्ड कलेजले आफ्नो स्थापनाको तेस्रो वर्षमा नै काठमाडौंमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *