एन्फाका १२ सदस्यद्वारा अन्तर्राष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग – Nepal Press

एन्फाका १२ सदस्यद्वारा अन्तर्राष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) कार्यसमितिका १२ सदस्यले अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त नविन पाण्डेको तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

एन्फा निर्वाचनपछिको पहिलो कार्यसमिति बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो ।

पाण्डेको नियुक्ति अवैधानिक भएको भन्दै टिका टिप्पणी आएपनि एन्फाले त्यो विधान सम्मत रहेको पुष्टि गरेको थियो ।

बिहीबार बसेको एन्फाको दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको छ ।

कार्यसमितिका १२ सदस्यले पहिलो बैठकमा विवादित बनेको निर्णय सच्याउन माग गरेपछि अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक स्थगित गरेका थिए ।

यसपछि वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कासहित १२ सदस्यले हस्ताक्षर गरी पाण्डेको बर्खास्त गर्न महासचिव किरण राईलाई पत्र बुझाए । हाल एन्फाको कार्यसमितिमा २१ मध्ये १९ पदाधिकारी रहेका छन् । दुई जनाको भने टुंगो लाग्न बाँकी छ ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएर आएको कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डे र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर