पूर्वअर्थमन्त्रीमाथि संसदीय छानबिन समितिको म्याद थपिने – Nepal Press

पूर्वअर्थमन्त्रीमाथि संसदीय छानबिन समितिको म्याद थपिने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको म्याद थप गरिने भएको छ ।

७ दिन म्याद थप्न समितिले माग गरेअनुसार आजको संसद बैठकमा यससम्बन्धी प्रस्ताव पेस गरिने भएको हो । अहिले बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

समितिको हिजोको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सभामुख सापकोटाले समिति गठनसँगै १० दिनको समय दिएका थिए । जुन आज सकिँदैछ ।

अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निष्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

पहिलो १० दिन सकिँदासम्म समिति कुनै निष्कर्षमा पुगिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर