एनआईसी एशियाको नाफा ४ अर्बमाथि – Nepal Press

एनआईसी एशियाको नाफा ४ अर्बमाथि

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेको छ । एनआईसी एशिया बैंकले ३८.८६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको खुद नाफा बढेर ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा भने १६.९० प्रतिशतले बढेर २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा ६ अर्ब ४० करोड ९९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ २१७ रुपैयाँ छ । प्रतिशेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको हो ।

अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ थियो । असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले बढेर ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर