स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु – Nepal Press

स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।

तत्काल उद्धार गरी वालिङस्थित गहौं प्राथमिक अस्पतालमा पु¥याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर