९ महिनादेखि तलब नदिएको भन्दै जनता टिभीका पत्रकार र कर्मचारी हड्तालमा – Nepal Press

९ महिनादेखि तलब नदिएको भन्दै जनता टिभीका पत्रकार र कर्मचारी हड्तालमा

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजन एचडीले ९ महिनादेखि त्यहाँ कार्यरत कर्मचारीहरूलाई तलब नदिएपछि आजबाट हडताल सुरु गरेका छन् ।

लामो समयदेखि आश्वासन मात्रै पाएको तर,पारिश्रमिक नपाएको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । आजबाट उनीहरुले नियमित प्रसारण हुने बुलेलिटमा कटौती गर्ने, रिपोर्टिङमा नजाने, शतप्रतिशत समाचार नपठाउने, अन्तर्वार्ता रोक्ने लगायतका निर्णय गरेका छन् ।

नियमित कार्यालय सञ्चालन भइरहेको, माथिल्लो तहका कर्मचारीहरू गाडी चढिरहेको तर काम गर्नेहरूलाई पारिश्रमिक नदिएको भन्दै उनीहरु आन्दोलित बनेका छन् । यसअघि तलब नपाएपछि त्यहाँबाट धेरै कर्मचारी बिदा भइसकेका छन् ।

बाहिरिएका केही कर्मचारीले प्रेस काउन्सिल, सूचना विभागमा मुद्दा दर्ता गराएका छन् । अहिले त्यो मुद्दा श्रम अदालत पुगेको छ । कम्पनीले केही दिनभित्रै छोडेर गएका र त्यहाँ भएका सबैलाई तलब दिने जनाएको छ ।

यसैविच श्रमजीवी पत्रकार संघ नेपालले उक्त आन्दोलनप्रति ऐकेवद्धता जनाएको छ । संघका अध्यक्ष बुधबार  आन्दोलनमा पुगेर संघ सँधै श्रमजीवीकै साथमा रहेको  प्रतिवद्दता जनाएका छन् ।

उनले उक्त संस्थामा कार्यरत श्रमजीवि पत्रकार एवं कर्मचारीको पारिश्रमिक भुक्तानीको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि संस्थाले प्रतिवद्धता जनाएअनुसार पारिश्रमिक भुक्तानी नगरेका कारण आन्दोलनका कार्यक्रम अधि सार्न बाध्य भएको बताएका छन् । संघले सम्पूर्ण कार्यरत पत्रकार र कर्मचारीको बैठक अनुसारकाे तीन दिने अल्टिमेटमसहितका आन्दोलनका कार्यक्रममा पनि निरन्तर साथ दिने निर्णय गरेकाे जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *