युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना अमेरिका भ्रमणमा – Nepal Press

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना अमेरिका भ्रमणमा

काठमाडौं । रुस र युक्रेनबीच पाँच महिनादेखि जारी युद्धकै बीच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्सा अमेरिका पुगेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार ओलेना उच्चस्तरीय बैठकमा सहभागी हुन अमेरिका पुगेकी हुन् ।

उनले मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन र फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेकी छन् । आज अमेरिकी सांसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार भएको भेटवार्तामा अमेरिकाले युक्रेनलाई थप के कस्तो सहयोग गर्नसक्छ भन्नेबारे कुरा भएको जनाइएको छ ।

ओलेनाले सेकेन्ड जेन्टलम्यान डगलस एमहोफ, संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्ड, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीका उपप्रशासक इसोबेल कोलम्यानलगायतका पधाधिकारीसँग पनि विस्तारित द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

जारी युद्धमा अमेरिकाले सुरुदेखि नै युक्रेनको पक्षमा खुल्दै आर्थिक तथा सैन्य सहयोग गर्दै आएको छ । ओलेनाको भ्रमणपश्चात अमेरिकाले युक्रेनलाई थप सहयोगको घोषणा गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर