भारतीय गाडी चढेर पार्टी प्रशिक्षणमा आए बौधीमाईका मेयर – Nepal Press

भारतीय गाडी चढेर पार्टी प्रशिक्षणमा आए बौधीमाईका मेयर

काठमाडौं । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादव भारतीय नम्बर प्लेटको गाडी चढेर पार्टी प्रशिक्षण कार्यक्रममा काठमाडौं आएका छन् ।

नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षणमा यादव भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी चढेर आएका हुन् ।

उनी चढेर आएको बीआर ०५ पीबी ३३६९ नम्बर प्लेटको गाडी कार्यक्रमस्थल बानेश्वरस्थित अर्पण ब्यांक्वेटको बाहिर पार्किङ गरेर राखिएको छ ।

नेपाल प्रेसकर्मीलाई चालकले दिएको जानकारी अनुसार गाडीमा मेयर यादवसहितका नेता काठमाडौं आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर