कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, मिन विश्वकर्मा सचेतक – Nepal Press

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, मिन विश्वकर्मा सचेतक

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन् ।

संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई मनोनीत गरेका हुन् ।

यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो ।

त्यस्तै सचेतक पुष्पा भुसाल भर्खरै मात्र प्रतिनिधिसभा उपसभामुख नियुक्त भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर