इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल – Nepal Press

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

काठमाडौं ।प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो ।

आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।

बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे ।

अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्दी रियल मड्रीड र युभेन्ट्ससंग प्रतिस्पर्धा गर्ने तालीका रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर