गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण – Nepal Press

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।

पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर