भोलिदेखि थप ५ जिल्लाबाट पनि अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने – Nepal Press

भोलिदेखि थप ५ जिल्लाबाट पनि अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने

मतदाता नामावली दर्ताको समयसिमा पनि १० गतेसम्म थपियो

काठमाडौं । भोलिदेखि थप ५ जिल्लाबाट पनि अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार सोमबार बसेको आयोगको बैठकले काभ्रेपलाञ्‍चोक, चितवन, कास्की, मोरङ्ग र झापा गरी थप ५ जिल्लाबाटसमेत अनलाइनबाट मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माका अनुसार यसअघि काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्र अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था गरेको थियो ।

अनलाइन प्रणालीबाट प्रि–इन्ड्रोलमेन्ट गरिसकेपछि बायोमेट्रिक दिनका लागि भने नजिकै रहेको निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्छ ।

यसैबीच मतदाता नामावली शंकलन गर्ने समयावधि पनि साउन १० गतेसम्मका लागि थपिएको छ ।

यसअघि साउन ४ गतेसम्म मात्र मतदाता नामावली संकलन हुने बताएको निर्वाचन आयोगले निर्वाचनको मिति नतोकिएका कारण मतदाता नामावली संकलन गर्ने समयसिमा १० गतेसम्मका थप पनि गरेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि असार १ गतेबाट अहिलेसम्ममा गरेर अनलाइन र अफलाइन दुवैबाट गरेर देशभरमा ३ लाख नयाँ मतदाता पनि थपिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर