बेलायती प्रधानमन्त्रीको रेसमा चारजना बाँकी, ऋषि सुनकको अग्रता कायमै – Nepal Press

बेलायती प्रधानमन्त्रीको रेसमा चारजना बाँकी, ऋषि सुनकको अग्रता कायमै

काठमाडौं । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनक प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि देखिएका छन् ।

सोमबार कन्जरभेटिभ सांसदहरूले बेलायतको नयाँ प्रधानमन्त्री चयन गर्न तेस्रो चरणको मतदान गर्दा १ सय १५ मतका साथ उनी सबैभन्दा अगाडी रहेका हुन् ।

तेस्रो चरणको मतदानमा पेनी मोर्डन्टले ८२, लिज ट्रसले ७१, क्यामी बेडेनोकले ५८ र टम टुजेन्टले ३१ मत प्राप्त गरेका थिए ।

सबैभन्दा कम मत प्राप्त गरेका कारण टम प्रधानमन्त्रीको दौडबाट बाहिर निस्किएका छन् ।

कन्जरभेटिभ पार्टीका सांसदहरूले दुई दावेदार बाँकी नभएसम्म मतदान जारी राख्नेछन् । दुईजना दावेदार छनोट भएपछि पार्टीका सदस्यहरूले तीमध्येबाट प्रधानमन्त्री चयन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर