राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, यस्ता छन् एजेन्डा – Nepal Press

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक जारी छ ।

बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरु, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने प्रतिवेदनहरु, दोस्रो चरणको आन्दोलनको मोडालिटीलगायत विविध विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर