चीन जान्छु भनेकाले प्रचण्डलाई मोदीले नभेटेका हुन् : सुरेन्द्र पाण्डे – Nepal Press

चीन जान्छु भनेकाले प्रचण्डलाई मोदीले नभेटेका हुन् : सुरेन्द्र पाण्डे

जनकपुरधाम । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भारत पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन पनि जान्छु भनेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेटेको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । भारत भ्रमणको क्रममा प्रचण्डले अपरिपक्व व्यवहार देखाएकाले मोदीले नभेटेका पाण्डेको टिप्पणी छ ।

‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो । मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’ प्रचण्डले त्यस्तो बोल्नु अपरिपक्व प्रवृत्तिको उपज भएको पाण्डले टिप्पणी गरे ।

त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छानामुनि रहनुपर्छ भन्ने सोच रहनु अपरिपक्वता भएको उल्लेख गरे । ‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ । यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर