खेलकुदमन्त्री गहतराजले गरे मुलपानी रंगशालाको अनुगमन, युद्धस्तरमा निर्माण कार्य अगाडी बढाउन निर्देशन – Nepal Press

खेलकुदमन्त्री गहतराजले गरे मुलपानी रंगशालाको अनुगमन, युद्धस्तरमा निर्माण कार्य अगाडी बढाउन निर्देशन

काठमाण्डौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । निरिक्षणका लागि सोमबार बिहान मुलपानी पुगेका उनले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका हुन् ।

आगामी दुई वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्री गहतराजले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।

अनुगमन तथा निरक्षणका क्रममा मन्त्री गहतराजले त्यहाँ अभ्यासरत खेलाडीसँग भेटघाट गरी उनिहरुको हौसलासमेत बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर