गोरखा र गुल्मीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepal Press

गोरखा र गुल्मीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । गोरखा र गुल्मीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोरखाको अजिरकोट गाउँपालिका–३ वाइसिएल पहरास्थित सडकमा मोटरसाइकल र जिप एक आपसमा डोक्किएर एक जनाको मृत्यु भएको हो भने गुल्मीमा एक मोटरसाइकल अनियन्त्रिति हुँदा एक जनाको मृत्य भएको हो ।

गोरखाको अजिरकोट गाउँपालिका–३ वाइसिएल पहरास्थित सडकमा एक प्र ३–०३ प ४८१५ नम्बरको मोटरसाइकल र ग १ ज ४८८६ नम्बरको बलेरो जिप एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । सोमबार बिहान दुर्घटनामा मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ वलाङ बस्ने २३ वर्षका मेलिना गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको भच्चेक स्वास्थ्य चौकी गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा लु ६ प २०२० नम्बरको मोटरसाइकल अनियन्त्रिति हुँदा मोटरसाइकल चालक स्थानीय २६ वर्षका लेकबहादुर पाल्पालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर